×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : उद्योगमन्त्री भण्डारी

निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : उद्योगमन्त्री भण्डारी

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन् । 


उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे । समायानुकुल उद्योग नीति, वाणिज्य नीतिहरूलाई समयानुकूल अघि बढाउने उनले बताए । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटले उद्योगहरूलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गरे ।

अहिलेको कर प्रणालीमा निजी क्षेत्रको असन्तुष्टिलाई आगामी बजेटले सम्बोधन गर्ने उनले बताए । 

प्रतिकृया दिनुहोस्