×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फ्रेन्च लिग वानमा पीएसजीलाई १५ अंकको अग्रता

फ्रेन्च लिग वानमा पीएसजीलाई १५ अंकको अग्रता

काठमाडौँ- फेन्च लिग वानमा पीएसजीले बोर्डक्समाथि सहज जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा पीएसजीले बोर्डेक्सलाई ३-० गोल अन्तरले पराजित गरको हो । 

पीएसजीको जितमा केलियन एमबाप्पे, नेइमार र लीन्द्रो परेडेजले एक एक गोल गरेका थिए । खेलको २४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५२औं मिनेटमा नेइमारले पीएसजीको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ६१औँ मिनेटमा पेरेडेजले गोल गर्दै पीएसजीलाई ३-० को अवस्थामा पुर्याएका थिए ।

फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पिएसजीको यस जितपछि २८ खेलमा ६५ अंक भएको छ । साथै दोस्रो स्थानमा रहेको निसभन्दा पीएसजी १५ अंकले अगाडी रहेको छ । बोर्डेक्सको भने यो खेलपछि २८ खेलमा २२ अंक छ र लिगमा पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्