काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरमा सारिएको हो। गिरीका सहयोगी मन्दिप भारतीले भने, ‘उहाँलाई आईसीयूमा राखेको तीन दिन भयो। अहिले भेन्टिलेटरमा राखिएको छ।
’कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए। त्यसयता कांग्रेस नेताहरू र गिरिका शुभचिन्तक उनलाई भेट्न गइरहेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए। करिब एक वर्ष उपचारपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो। गिरिको घाँटीमा क्यान्सर भएको छ। साथै निमोनिया पनि देखिएको छ। निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा राखेर उनको उपचार जारी छ।