×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ट्राइ सिरिज : नेपालले टस जितेर फिल्डिङमा, कुशल,आसिफ र शाहबको डेब्यु

ट्राइ सिरिज : नेपालले टस जितेर फिल्डिङमा, कुशल,आसिफ र शाहबको डेब्यु

काठमाडौँ - नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत उद्घाटन खेलमा शनिवार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल टियु अन्तर्राष्ट्रिय मैदानमा १:१५ बजेदेखि सुरु भएको छ ।

युवा ओपनर आसिफ शेख, कुशल भुर्तेल र स्पिनर साहब आलमले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सँग डेब्यू गरेका छन् ।
टियु क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आफ्नो टोलीमा तीन खेलाडीलाई डेब्यू दिएको छ ।

साहबले सन् २०१६ देखि २०१९ सम्म यू१९ खेलेका थिए । सन् २०१९ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए । साहब भने घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

आसिफले २०१६ मा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज टि२० लिग इपिएलमा पञ्चकन्या तेजबाट खेल्दै कलिलो उमेरमै राम्रो प्रभाव छाडेका थिए । आसिफले फाइनलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्स एक्सफ्याक्टर्सविरुद्ध ६४ बलमा ७ चौका र ८ छक्का सहित १ सय ११ रनको शतकीय अविजित इनिङ खेलेपछि पञ्चकन्या च्याम्पियन बनेको थियो । आसिफले २०१८ मा भारतको लखनउमा नेपाल, भारत र अफगानिस्तानबीच भएको यू१९ टोलीमा कप्तानी गरेका थिए । २०१८ मा एसिया कपमा पनि आसिफलेनै कप्तानी गरेका थिए । अन्तिम पटक २०१९ मा श्रीलंकमा भएको यू१९ एसिया कप खेलेका थिए ।


गत माघमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता उपाधि जित्यो । उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका साहबले ५ खेलमा १२ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट बलर चुनिए ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

प्रतिकृया दिनुहोस्