काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा पार्टीले ९ लाख मत ल्याएको दाबी गरेका छन् । काठमडौं प्रज्ञाभवनमा प्रथम केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरे । ‘हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए हामीले २० लाख मत ल्याउने थियौं ।’
अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । चुनावको तयारी गर्नुपर्नेछ । अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो’, उनले भने । उनले सबै ठाउँमा जिम्मेवारी दिँदा पालिका वडामा पनि कार्यकर्ता खटाउनुपर्ने बताए । ‘टोल टोलमा कमिटी बनाएर खटाउनुपर्छ । भोलि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक चाहिन्छ । समानुपातिक मत बनाउन सक्यौं भने सीट संख्या बढाउन सकिन्छ’, नेपालले भने ।
मलेशियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमवार स्वदेश फर्कियो । उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन । उपाधि ल्याउन लक्ष्य यसपालि पनि धकेलियो । उत्कृष्ट प्रदर्शनका बावजुत वर्षा बाधक बन्दा नेपालको अघिल्लो खुड्किलो सेमिफाइनलको पहिलो इनिङमा सिमित भयो । बलियो युएईसँगको खेलमा बलिङमा जादु देखाएकी अस्मिना कर्माचार्यको ५ विकेट व्यक्तिगत प्रदर्शनमा अब्बल रह्यो । बलिङ इनिङमा न्याय भएपनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय ग¥यो । दुर्भाग्य नेपालको एशिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो । सम्मुखको उपाधि टाढिए पनि नेपाली टोली आफ्नो प्रदर्शनमा सन्तुष्ट देखिएको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताउनु भयो ।
टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताउनु भयो । यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आपूmले लिने बताउनु भयो । एसिसि र आईसिसिले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भएपनि नराखेमा गुनासो गर्नुभयो । समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताउनु भयो । मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने बताउनु भयो ।
च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए । पाँच÷पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो । चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एशियाकप यात्रामा पूर्णविराम लागेको थियो ।