×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन महिनादेखि रोकिएको ‘सक्किगोनि’को तेस्रो सिजन ल्याउने तयारी

तीन महिनादेखि रोकिएको ‘सक्किगोनि’को तेस्रो सिजन ल्याउने तयारी

काठमाडौं-विगत तीन महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल छिट्टै प्रसारणमा आउने भएको छ ।

१०० औं भाग प्रसारण भएपछि रोकिएको सिरियलको अब नयाँ सिजन ल्याउने तयारी गरिएको हो ।

तेस्रो सिजन पनि हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

सिरियलका लेखन, निर्देशक एवं कलाकार समेत रहेका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले सामाजिक सञ्जालमार्फत यो खबर सेयर गरेका छन् ।


नयाँ वर्षको सुरुवातसँगै आफूहरूको नयाँ खबर सुनाउन पाउँदा खुशी लागेको यी दुईले बताएका छन् । सिरियल कहिलेबाट प्रसारणमा आउने भन्नेबारे भने उनीहरूले खुलाएका छैनन् ।​

प्रतिकृया दिनुहोस्