×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

४५५ संक्रमित थपिँदा ८०४ जना कोरोनामुक्त

४५५ संक्रमित थपिँदा ८०४ जना कोरोनामुक्त

काठमाडौँ- नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पिसिआर परिक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ८ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्