×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कश्मीर नरसंहारमाथि बनेको चलचित्र ‘द कश्मीर फाइल्स’को ट्रेलर सार्वजनिक

कश्मीर नरसंहारमाथि बनेको चलचित्र ‘द कश्मीर फाइल्स’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कश्मीरमा ३२ वर्ष पहिले भएकाे नरसंहार तथा  राजनीतिक परिस्थितिकाे विषयमा बनेकाे चलचित्र ‘द कश्मीर फाइल्स’काे ट्रेलर सार्वजनिक भएकाे छ । अनुपम खेर मुख्य भूमिकामा रहेको हिन्दी फिल्म ‘द कश्मिर फाइल्स’को ट्रेलर सार्वजनिक भएको हाे । 

११ मार्चमा सिनेमा हलमा प्रदर्शन हुने भनिएको फिल्ममा ३२ वर्षअघि कश्मिरमा भएको कश्मिरी पण्डितहरुको नरशंहारको विषयलाई स्थान दिइएकाे छ ।

चलचित्रकाे ट्रेलर सार्वजनिक भएको जानकारी दिँदै अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कश्मीर फाइल्सको हृदयविदारक ट्रेलर हो।’

विवेक रञ्जन अग्निहोत्रीकाे लेखन तथा निर्देशनमा बनेकाे चलचित्रमा अनुपमसँगै मिथुन चक्रवर्ती, अतुल श्रीवास्तव, पल्लवी जोशी, दर्शन कुमारलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्