काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १७ सय ८६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये ७२५ जनाको पीसीआर गर्दा ४५ जनामा तथा १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २१ जना संक्रमणमुक्त भएको तथा कुनै पनि संक्रमितको निधन नभएको मन्त्रालयको भनाइ छ । यो अवधिमा ७३ हजार ८ सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय २२ छ ।