×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्रको ‘अमर्यादित’ बयानप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

चोलेन्द्रको ‘अमर्यादित’ बयानप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

काठमाडौँ- पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको बताएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरूप्रति राणाले लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिएको छ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। ‘संस्थामा आबद्ध रहेका समस्त पूर्व न्यायाधीशहरूको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको बयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आबद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ,’ फोरमको विज्ञप्तिमा भनिएको छ। 

राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरुलाई विभिन्न आरोप लगाएपछि महाअभियोग समितिले उनीहरूलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्