×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

होन्डाको नयाँ मोटरसाइकल ‘सीएल ३००’ सार्वजनिक

होन्डाको नयाँ मोटरसाइकल ‘सीएल ३००’ सार्वजनिक

काठमाडौं - जापानी मोटर उत्पादक कम्पनी होन्डाले सीएल सिरिजको सबैभन्दा सानो मोडल सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा नोभेम्बर १० देखि १३ सम्म आयोजना भएको इआइसीएमए २०२३ मा सीएल ५०० सार्वजनिक गरेको थियो । अहिले त्यसैको सानो संस्करण सीएल ३०० देखाएको हो ।

होन्डाले चिनियाँ बजारलाई मध्येनजर गर्दै सीएल मोडल बजारमा ल्याउन लागेको हो । यसको उत्पादन पनि चीनमा रहेको प्लान्टमा नै हुनेछ । यद्यपि, होन्डाले यसको ट्रेडमार्क थाइल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया लगायतका देशमा पनि दर्ता गरिसकेको छ ।

स्क्र्याम्बलर डिजाइनमा तयार भएको सीएल ३०० मोडल यूरोप र अन्य एशियाली देशहरुमा पनि विक्री वितरण हुनेछ । होन्डाले सीएल ३०० मोडलमा २८६ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २५.७ पीएस पावर प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहने छ ।

अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स प्रयोग गरिएको सीएल ३०० मा अगाडि १९ र पछाडि १७ इन्चको ह्वील दिइएको छ । राउन्ड हेडल्याम्प, राउन्ड लुकिङ ग्लास, एलइडी लाइट, गोलो आकारको डिजिटल डिस्प्ले, माथि सिटसँगै दिइएको एग्जस्ट नयाँ मोटरसाइकलको मुख्य विशेषता हो ।

होन्डाले नेपालमा १०० सीसीदेखि ६५० सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्