काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) धीरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा आज (शुक्रबार) भएको भेटमा काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ ।
मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सीसीटिभी जडान गर्नेबारे पनि छलफल भएको बताइएको छ ।
ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायातको व्यवस्थापनबारे आईजीपी र मेयर साहको बिचमा छलफल भएको आईजीपीको सचिवालयले जनाएको छ । आईजीपीको सचिवालयका अनुसार उपत्यकामा सीसीटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्नेबारे छलफल भएको छ ।