काठमाडौं- आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपाले स्कटल्याण्डलाई जितका लागि १३८ रनको लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।
नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनको ईनिङ खेल्दा ज्ञानेन्द्र मल्लले २५ रनको इनिङ खेले । अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट भए । यस्तै आरिफ
शेखले १० रन जोड्दा गुलसन झाले रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।स्कटल्याण्डका क्रिस सोलले ३ तथा मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन, मार्क वाट, सफियान सरिफले समान १÷१ विकेट लिए । यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।