×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छ लाख ५८ हजारसहित पाँच जना जुवाडे पक्राउ

छ लाख ५८ हजारसहित पाँच जना जुवाडे पक्राउ

काठमाडौं, -  काठमाडौं महानगरपालिकाको वडा नं. ३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बीस बुक तास, छ लाख ५८ हजार ६३० नगदसहित तास खेलिरहेको अवस्थामा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट परिचालन भएको टोलीले उहाँहरुलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ । 

प्रतिकृया दिनुहोस्