एजेन्सी - असीर्जेन्टिनाका स्टार लियोनेल मेसीले सातौं पटक प्रतिष्ठित बालोन डी'ओर अवार्ड जितेका छन्। ३४ वर्षिय मेसीले सोमबार राति फ्रान्समा भएको एक विशेष कार्यक्रममा पुरुष तर्फको यो अवार्ड हात पारेका हुन्।
२०२१ का उत्कृष्ट खेलाडी घोषित मेसीले करिअरमा पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेका थिए। उनले २०२१ मा कुल ४० गोल समेत गरेका थिए। जहाँ बार्सिलोनाका लागि सर्वाधिक २८ गोल गर्दा पिएसजिका लागि ४ गोल गरे भने अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए। बार्यन म्युनिखका लेवान्डोस्की दोस्रो स्थानमा रहँदा चेल्सी तथा इटालिका मिडफिल्डर जोर्गिन्हो तेस्रो स्थानमा रहेन भने रियल म्याड्रडिडका करिम बेन्जामा चौंथो स्थानमा रहे।
मेसीले यो अवार्ड सातौं पटक हात पारेका हुन्। उनले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डी'ओर अवार्ड जितेका थिए। मेसी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने।
विश्वका १८० पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गर्ने गरेको छ। महिलातर्फको बालोन डी'ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्।
यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयरको अवार्ड हात पार्न सफल भए। बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे। इटालीका गोलरक्षक जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे। क्लब अफ दि इयरको अवार्ड चेल्सीले हात पार्योय।
अवार्ड जितेपछि उनले भने 'फेरि यहाँ उभिन पाउँदा साँचिकै अविश्वसनिय लागिरहेको छ। कीनकी दुई वर्ष अघिनै मलाई मानिसहरुले सोध्ने गर्थे अब कहिले सन्न्यास लिने भनेर।' उनले अत्यन्तै कठिन अवस्थामा अर्जेन्टिनाले उपाधि जितेको बताए। उनले आलोचनाको चरम विन्दुमा उपाधि जितेको भन्दै सन्तुष्टि ब्यक्त गरे।