×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

बैतडीमा बालुवाको ढिस्कोले च्यापिदा दुईको मृत्यु,एक घाइते

बैतडीमा बालुवाको ढिस्कोले च्यापिदा दुईको मृत्यु,एक घाइते

बैतडी- बैतडी जिल्लाको सिगास गाउँपालिका स्थित वडा नं.०२ धौलाडीमा बालुवाको ढिक्सोले च्यापिएर दुइजनाको मृत्यु भएको छ|धौलाडीको प्रचाल खोला नजिकै बालुवा निकाल्ने क्रममा ढिक्सोले च्यापिदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा माइतिघर धौलाडी ठुलिखाली र घर रोडिगढ भएकी अन्ताजी २७ बर्षिय राजमति धामी (ढाँट) र धौलाडी तल्ला धार घर भएका अन्ताजि ६० बर्षिय शालिभान सिंह धामी रहेका छन्।

बालुवाको ढिस्कोले च्यापिदा एकजना घाइते समेत रहेको राम सिंह धामीले बताउनुभयो|उनका अनुसार घाइते हुनेमा अन्ताजी ४५ बर्षिय संग्राम सिंह धामी रहेका छन्।

घटना यहि चैत्र २८ गते मङ्गलबारका दिन दिउँसो अन्ताजी ४:३० बजेको समय तिर भएको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्