×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ लाख नाघ्याे

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ लाख नाघ्याे

नयाँदिल्ली- कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । 

सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।

यहाँका अधिकारीहरूले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन ।

प्रतिकृया दिनुहोस्