×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी चम्कदा बार्सिलोनालाई कोपा डेल रेको उपाधि

मेस्सी चम्कदा बार्सिलोनालाई कोपा डेल रेको उपाधि

 एजेन्सी - बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ मिनेटको अन्तरमा चार गोल भएको थियो ।


कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । 
२०१९ मा भ्यालेन्सिया च्याम्पियन बन्दा बिल्वाओ यो सिजनसहित गत सिजनको फाइनलमा पराजित भएको थियो । गत सिजनको गत महिना भएको फाइनलमा रियल सोसिडाड च्याम्पियन बनेको थियो ।

सेभियामा शनिबार राति भएको खेलमा बिल्वाओले पहिलो हाफमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । 
६३औं मिनेटमा फ्रान्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
त्यसपछिको दुवै गोल कप्तान लियोनेल मेस्सीको नाममा रह्यो । ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अग्रसर गराए । 
त्यसको चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जितसहित च्याम्पियन बनाए ।

८६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । बिल्वाओविरुद्ध बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेको थियो ।
यस्तै रोनाल्ड कोम्यानले प्रशिक्षकको रुपमा बार्सिलोनामा पहिलो उपाधि जित्न सफल भए । उनी यसै समरमा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकको पद छाड्दै बार्सिलोना आएका थिए।

प्रतिकृया दिनुहोस्