×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डीआईजी सिंहको राजीनामा स्वीकृत

डीआईजी सिंहको राजीनामा स्वीकृत

काठमाडौं - प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज बिहीवार स्वीकृत भएको छ ।

गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डीआईजी सिंहकाे राजीनामा स्वीकृत गर्नुभएको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए। राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ ।

सिंहले हिजाे बुधवार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाउनुभएको थियो । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि सिंहले पदबाट राजीनामा दिनुभएको हो । यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नेपाल प्रहरीले पनि उहाँको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । 

प्रतिकृया दिनुहोस्