काठमाडौँ- साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक बढेको छ । नेप्से १०.३४ अङ्कले बढेर २०२७.८० विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २.११ अङ्कले बढेको छ ।
यो सेसनमा २८ कम्पनीको ११ हजार ३६५ कित्ता सेयर ५४ लाख ४४ हजार २५८ रुपैयाँमा खरिदबिक्री भयो । १६ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने बाँकी ५ कम्पनीको मूल्य स्थिर रह्यो ।