काठमाडौँ- नयाँ सरकार गठनसँगै २ दिन बढेको बजार तेस्रो दिन बुधबार ट्रेडर हाबी हुँदा सामान्य प्रभावित भएको छ । यस दिन नेप्से सूचक ११.८१ अङ्कले घटेर १९७२.१५ विन्दुमा अडिएको छ ।
२ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै अर्को तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ ।
दुई दिनमै बजार करिब ११६ अङ्कले बढेको थियो । बजार बढेपछि नाफा बुक गर्न ट्रेडरहरु हाबी हुँदा बजारमा केही करेक्सन आएको हो । बुधबार २५७ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ । ८ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा नबिल बैङ्क अगाडि छ । यसैगरी दोस्रोमा रिडी पावर कम्पनी र तेस्रोमा अपर तामाकोसी हाइड्रोपावर छन् ।