काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालनामा आफैँलाई शंका गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै आयुक्त थपलियाले यस्ताे बताएका हुन् । ‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र मसम्बद्ध भएको दल वा मसम्बद्ध भएकाे संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिबद्ध छ, यदि त्यसो हो भने शंका कोप्रति ?’ थपलियाले प्रश्न गरे, ‘अलिकति अप्ठेरो प्रश्न मैले देखेँ, आफैँले आफैँलाई शंका गरेर आफैँले आफैँलाई अविश्वास गर्न मिल्छ कि मिल्दैन ?’