×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लामो रस्साकस्सीपछि मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीले पनि शपथ लिएका हुन् । 
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह , सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता मालले शपथ ग्रहण गरेका हुन् ।

साथै राज्यमन्त्री गीतादेवी मालले मुख्यमन्त्री कमल बहादुर शाहसमक्ष शपथ ग्रहण गरेकी छन् ।

गत २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भए पछि शाहले पार्टीका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री नियुक्त भएको १ सय दिन नाघिसक्दा पनि अझैसम्म आफनो सरकारलाई पूर्णता दिन भने सकेका छैनन् । सुदूरपश्चिम सरकारको एक मन्त्रालय अझै रिक्त छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन। 


 

प्रतिकृया दिनुहोस्