शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । जातीय भेदभाव तथा छुवाछुतको आरोपमा कारबाहीको लागि माग गर्दै मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।
शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइ तनहुँकी रुपा सुनारले आइतबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।
यस अघि जातको कारण देखाउँदै घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिए आरोप लागेको थियो । सुनारले घरबेटी प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
प्रधानलाई पहुँचको आधारमा छुटाए शिक्षामन्त्री श्रेष्ठले सरकारी गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।