चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको टिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बीएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा परी बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनु भयो । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।