×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खाद्य डिभिजनद्वारा अनुगमन

खाद्य डिभिजनद्वारा अनुगमन

दमौली- विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो ।

कार्यालयले उद्योगलगायतमा अनुगमन गरेको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ । उहाँका अनुसार अनुगमनलाई निरन्तरता दिइनेछ । साथै अनुगमनका क्रममा खाद्य पदार्थ तार्न प्रयोग गरिने तेलको मापनसमेत गरिएको छ । टोटल पोलारी मिटरमा २० प्रतिशतभन्दा कम भएमा हरियो रङ, २० देखि २४ प्रतिशतसम्म भएमा पहेँलो रङ र २४ प्रतिशतभन्दा बढी भएमा रातो रङ देखाउनेछ । २० प्रतिशतभन्दा कम देखिएमा प्रयोग गर्न मिल्ने, २० देखि २४ प्रतिशत देखाएमा अन्तिम प्रयोग भनेर बुझ्नुपर्ने र २४ प्रतिशतभन्दा माथि देखिएमा प्रयोग गर्न नमिल्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्