काठमाडौं - यही भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन महिला भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ ।
एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजानिक गरेको खेल तालिकामा नेपाललाई समावेश गरिएको छैन ।
कोरोनाभाइरसका कारण रेड जोनमा परेकाले नेपालले प्रतियोगिता गुमाएको हो । नेपाल लगायत भारत, जापान र हङकङ पनि तालिकामा समेटिएका छैनन् ।
सुरुवातमा १७ टोली सहभागी हुने भनिएको च्याम्पियनसीपमा ५ टोलीले नाम फिर्ता लिएसँगै १२ टोलीले सहभागिता जनाउने पक्का भएको थियो । शुक्रबार एभीसीले सार्वजानिक गरेको तालिका अनुसार त्यसमा पनि ४ टोली घटाएर ८ वटामा सिमित गरिएको छ ।