काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौँ महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेलले ट्विट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
महानगरपालिकाले यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिकबाट बनाउने घोषणा गरेका थिए ।
<blockquote class="twitter-tweet"><p lang="ne" dir="ltr">संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ । <a href="https://t.co/WsAckJjyCL">pic.twitter.com/WsAckJjyCL</a></p>— Bishnu Prasad Paudel (@bpaudel1959) <a href="https://twitter.com/bpaudel1959/status/1547434594034946048?ref_src=twsrc%5Etfw">July 14, 2022</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>