×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक

केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक

विराटनगर- मोरङको केरावारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ  । एमालेका सुमन मिरिङचिङ मगरले ४३७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रोहितकुमार कार्कीले ३५६६ मत प्राप्त गर्दै पछ्याइरहेका छन्  । 

त्यस्तै उपाध्यक्षमा एमालेकी मनमाया मगरले ४१७७ मत प्राप्त गर्दा  कांग्रेसकी सुभद्रा राईले  ३५५३ मत ल्याउँदै उनलाई पछ्याई रहेकी छिन् । अहिलेसम्म वडा नम्बर ४ सम्मको परिणाम सार्वजनिक भइसकेको छ। वडा नम्बर १ देखि ३ सम्म एमालेले जितेको छ भने वडा नम्बर ४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा शरण थापामगर ६६२, वडा नम्बर २ मा प्रेमबहादुर लिम्बु ७०६ र वडा नम्बर ३ मा रामचन्द्र शाहीले ५१० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  वडा नम्बर ४ मा नेपाली कांग्रेसका शिवप्रसाद तामाङले ५०५ मत प्राप्त गरेर विजयी भए । मत गणना जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्