वीरगन्ज- वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभर्सिटीले एक समारोहका बीच सम्मान गरेको हो ।
उनले वर्षौंदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएको योगदानका कदर गर्दै युरोपियन इन्टरनेशनल युनिभर्सिटीको मोनिटरिङ्ग बोर्डले सुबोधकुमार गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ दिने निर्णय गरेएको हो ।
गुप्ताले प्राप्त गरेको सम्मान वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय भएको संघले जनाएको छ । साथै सुवोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष भएको नाताले राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि यो सम्मान महत्वको विषय बनेको छ ।
नेपालको जिल्ला नगर उद्योग वाणिज्य सङ्घ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने सुवोधकुमार गुप्ता पहिलो व्यक्ति हुन् ।
उनले आफ्नो व्यापार, व्यवसायको अलावा सामाजिक सेवा, संस्थागत तथा आर्थिक विकासका लागि विभिन्न सामाजिक एवम् व्यावसायिक सङ्घ–संस्थाहरुमा आबद्ध रही नेपालको उद्योग, व्यापारको प्रबद्र्धनका निमित्त विगत २ दशकदेखि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका फलस्वरुप उनले यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका छन् ।
सुबोधकुमार गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य, नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्षका साथै नेउवामहासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवा महासङ्घ–प्रदेश–२, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगञ्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकार जस्ता पदमा रही सक्रिय छन् ।
उनलाई लायन्स क्लब इन्टरनेशनल, अञ्चल प्रहरी कार्यालय नारायणी, राष्ट्रिय सरोकार मञ्च नेपाल, उद्योग वाणिज्य सङ्घ–सिमरा, नागरिक सरोकार सेवा समाज सुधार समिति, नेपाल हिमालय सिमापार वाणिज्य सङ्घ, सानो पाइला, मानव सेवा आश्रम, नेपाल युवा उद्यमी मञ्च, निर्यात व्यवसायी महासङ्घ नेपाल लगायत विभिन्न सङ्घसंस्थाले विभिन्न समयमा सम्मान गरेका छन् ।