प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै विश्वासको मत मागेका हुन् । देउवाले पत्रमार्फत आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेका हुन् ।
सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले आइतबार (आज) को प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् । देउवाले विश्वासको मत पाउने निश्चितजस्तै छ ।