×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आज नेपालको तीनदिने भ्रमणमा रहेका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ बिहान शीतल निवास पुगेका थिए । भेटका क्रममा नेपाल-चीन सम्बन्ध र बीआरआईअन्तरगतका परियोजनाबारे छलफल भएको छ । वाङले बीआरआई परियोजना कार्यान्वयन नभएको भन्दै चासो राखेको बताइएको छ ।

केही दिनअघि राष्ट्रपति भण्डारीले चिनियाँ अखबारमा अन्तरवार्ता दिँदै बीरआरआई परियोजना अघि नबढेकोमा दुःख व्यक्त गरेकी थिइन् । २०७६ वैशाखमा राष्ट्रपति भण्डारीले बेइजीङमा बीआरआईसम्बन्धि भएको सभालाई सम्बोधन गरेकी थिइन् ।

वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधान मन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो ।

सो क्रममा नेपाल चीनबीच विभिन्न ९ परियोजनामा हस्ताक्षर भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश फर्कँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत ११ गते नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस्