×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मेयर बालेनले दिए राजीनामा,रास्वपाको कार्यालयमा भव्य स्वागत

मेयर बालेनले दिए राजीनामा,रास्वपाको कार्यालयमा भव्य स्वागत

काठमाडौं । आगामी प्रतिनिधी सभाको निर्वाचनमा चुनाव लड्ने तयारी गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोल समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछी रास्वपाको केन्द्रिय कार्यालय पुगेका शाहलाई भव्य स्वागत गरिएको छ ।। रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड देखिन्छ ।

दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् । रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्