×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्मचारी समायाेजन सम्बन्धी मुद्दाकाे निसु आज

कर्मचारी समायाेजन सम्बन्धी मुद्दाकाे निसु आज

काठमाडौँ- अदालतमा विचाराधीन कर्मचारी समायाेजनकाे मुद्दामा सर्वाेच्च अदालतले बुधवार फैसला सुनाउने भएकाे छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको ५ न्यायाधीशको साउन १७ गतेको संवैधानिक इजलासले साउन सुनुवाइ सक्दै भदौ १ गतेका लागि निसु (निर्णय सुनाउने) तोकेको थियो । सरकारी पक्ष र निवेदकहरूको जवाफ सुनेर संवैधानिक इजलासले भदौ १ गतेका लागि निसु तोकेको हाे ।

गत असार २९ गतेदेखि सुनुवाइ सुरु भएको मुद्दा हेर्दा–हेर्दैमा रहेको कर्मचारी समायोजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार २ गते आइपुगेको थियो ।

जेठ १७ गते बृहत् पूर्ण इजलासमा पठाइएको उक्त मुद्दा पाँच न्यायाधीशको इजलासले संवैधानिक विवाद देखिएकाले त्यसको सम्बोधन गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्