×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यामेरा भएको ईयरबड्स ल्याउने तयारीमा एप्पल

क्यामेरा भएको ईयरबड्स ल्याउने तयारीमा एप्पल

काठमाडौं - एप्पलले क्यामेरा भएको ईयरबड्स ल्याउने तयारी गरीरहेकाे छ । ब्लुमबर्गका अनुसार एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको ईयरबड्स ल्याउन लागेको हो ।

एप्पलका इन्जिनियरले गत वर्षदेखि नै ईयरबड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ ईयरबड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेका छन् ।


त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गरिने बताइएको छ ।

एप्पलले पनि गत वर्ष ह्याप्टिक फिडब्याक र प्रेसर सेन्सेटिभ इन्पुट सुविधा सहितको स्मार्ट रिङ ल्याउने जनाएको थियो । यद्यपि अहिलेसम्म कम्पनीले यसको विकास कहाँसम्म पुग्यो भन्ने विषयको जानकारी बाहिर ल्याइसकेको छैन ।

प्रतिकृया दिनुहोस्