×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रुस युरोकप छनोटमा पनि प्रतिबन्ध

रुस युरोकप छनोटमा पनि प्रतिबन्ध

काठमाडौँ- युइएफएले रसियालाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ । रसियालाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ ।

रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार दुई ठुला प्रतियोगिताबाट बाहिरएको छ । युक्रेन आक्रमणपछि रसियन क्लबहरु र रसियन राष्ट्रिय टिमलाई फिफा र युइएफएले आफ्ना फुटबल प्रतियोगिताबाट प्रतिबन्ध लगाएका छन् ।

प्रतिकृया दिनुहोस्