×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

टर्कीमा राहत तथा उद्धारमा ढिलाइ भइरहे पनि स्थिति नियन्त्रणमै छ : टर्कीस राष्ट्रपति एर्दोगान

टर्कीमा राहत तथा उद्धारमा ढिलाइ भइरहे पनि स्थिति नियन्त्रणमै छ : टर्कीस राष्ट्रपति एर्दोगान

एजेन्सी- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पमा प्रभावितको उद्धार र राहतमा ढिलाइ भएको गुनासो बढेपछि  यति ठूलो विपद्को सामनाका लागि पूर्व तयारी गर्न नसकिनेबताएका छन्। उनले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकारगरेका छन् । तर, उनले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका छन्।

टर्कीका विपक्षी पार्टीले राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन् । यस्तै, आलोचकहरुले पनि  उद्धार र राहत कार्यका लागि छिटो र छरितो रुपमा सञ्चालन हुनु पर्ने आपत्कालीन सेवाको व्यवस्थापनमा सरकारको कमजोरी भएको औँल्याएका छन् ।

टर्कीमा भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनासम्मका लागि सङ्कटकाल लागू गरिएको छ । गएको सोमवारको भूकम्पका कारण टर्की र सिरियामा अहिलेसम्म कम्तीमा पनि १२ हजार जनाको ज्यान गएको छ । भूकम्प प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले पनि राहतका सामग्री पुर्याउन थालेका छन् ।

यस्तै, भूकम्पले सिरियामा पनि ठूलो क्षति गरेको हुन सक्ने भनिए पनि त्यहाँको वास्तविक अवस्था के छ भन्ने बारे जानकारी आएको छैन । सिरियामाथि प्रतिबन्ध रहेको र त्यहाँ विद्रोही समूह सक्रिय रहेकाले उद्धारसँगै राहत पुर्याउने काम प्रभावित भएको छ ।

तर, राष्ट्रपति बसर अल असदले सरकार तथा विद्रोही समूहको कब्जामा रहेका क्षेत्रसम्म सहयोग पुर्याउन मिल्ने घोषणा गर्नु भएको छ । हिमपात र चिसोले भूकम्प प्रभावित क्षेत्रमा कठिनाइ थप बढाएको छ । 

प्रतिकृया दिनुहोस्