×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस मनाइँदै

हरेक वर्ष असार १५ गते मनाइने धान दिवस रोपाइँ यात्राको नामले पनि मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिनामा खेतीमा व्यस्त हुन्छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार ६ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुनेछ।

२०७६/ ७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल आत्मनिर्भर हुनेछ ।

सात प्रदेशमध्ये प्रदेश १ र लुम्बिनी प्रदेशमात्र धानमा आत्मनिर्भर देखिएको छ ।

१० लाख मेट्रिक टन आवश्यक रहेको प्रदेश १ मा १३ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुनेगरेको छ ।
सबैभन्दा बढी धान उत्पादन हुने प्रदेश २ अझै धानमा आत्मनिर्भर हुनसकेको छैन ।

प्रदेश २ मा प्रतिवर्ष १४ लाख ९५ हजार ४४ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेश २ को कृषि मन्त्रालयका अनुसार आठवटै जिल्लाका उत्पादकत्व प्रतिहेक्टर ३.७६ मेट्रिक टनबाट बढाएर ४ मेट्रिक टन पुर्‍याए प्रदेश धानमा आत्मनिर्भर हुनसक्छ ।

सबैभन्दा बढी जनसंख्या रहेको बागमती प्रदेशमा ५ लाख ९ हजार ५९० मेट्रिक टन धान उत्पादन हुन्छ ।

नेपालमा धानको उत्पादकत्व ३ हजार ३६९ केजी प्रतिहेक्टर रहेको छ भने बागमती प्रदेशमा धानको उत्पादकत्व ३ हजार ६१८ केजी प्रतिहेक्टर रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा वार्षिक ३ लाख १६ हजार ३९१ मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेश कृषि मन्त्रालयका अनुसार त्यहाँ ३ लाख ४८ हजार ७३२ मेट्रिक टन धान अपुग रहेको छ ।

लुम्बिनीमा गत वर्ष १५ लाख ६० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ ।

गण्डकीमा प्रत्येक वर्ष ४ लाख १० हजार मेट्रिक टन धान आवश्यक देखिएपनि ३ लाख ९० हजार मेट्रिक टनमात्र उत्पादन हुन्छ ।

प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका १ लाख २० हजार ५३० हेक्टर जमिना धान खेती हुने गरेको त्यहाँके कृषि मन्त्रालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम धानमा आत्मनिर्भर देखिएको छ । प्रदेश कृषि मन्त्रालयका अनुसार २०७६ / ७७ मा ६ लाख ५८ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो । प्रदेशको १ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्