×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अपराजित रहँदै नेपाल फाइनलमा

अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा कीर्गिस्थनलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल अपराजित रहेको हो । यसअघि नेपाल एक खेलअघि नै फाइनल पुगिसकेको थियो ।

बंगलादेशको ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा सोमबार भएको खेलमा नेपालले २५-८, २५-१४, २५-१७ को जित हात पार्‍यो ।

उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्