×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार

रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।

‘उनले अद्यावधि निवेदन दिएका थिए । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उनले भने ।

प्रतिकृया दिनुहोस्