ओखलढुगां - गत साउन १३ गते आएको भिषण बाढिका कारण चम्पादेवी गाउँपालिका ४ मा रहेको फेदिगुठ बजार तहसनहस भएको छ । फेदिगुठ वजारको नजिकैबाट बगेका महादेव खोला, काभ्रे खोला र खहरे खोला एकैठाउँमा जम्म भएर बजार क्षेत्रमा छिरेपछि बजारभित्र रहेको घरहरु क्षतबिक्षत भएका छन् ।
साबिकको फेदिगुठ गाबिसको केन्द्रनै रहेको उत्त फेदिगुठ बजारमा खोलानै छिरेपछि स्थानियहरु निकै समस्यामा परेको स्थानिय युवा डम्बर खत्रीले जानकारी दिएका छन् । बाढीका कारण गाडी आवातजावातनै बन्द भएपछि स्थानियहरु मिलेर बाटो मर्मत गरिएको खत्रीले जानकारी दिएका छन् ।
तिन दिन देखि परेको अबिरल बर्षाका कारण बजारभित्र खोलानै छिरेपछि करिब नौ घर क्षतबिक्षत भएको छ भने बजारका धेरैजसो घरभित्र पानीनै छिरेर घरका सामानहरु तहननहस पारेका छ ।