×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ

महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।

बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो । मेयर बालेन्द्र साह ‘बालेन’ ट्राफिक अधिकारी लिएर अण्डरग्राउण्ड पार्किङ खाली गराउन जुटेका थिए ।

प्रतिकृया दिनुहोस्