काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् । मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई मध्यविन्दु नगरपालिकाको वसन्तपुरवाट बिहीबार पक्राउ गरिएको हो ।
प्रहरीकाअनुसार वलीसँगै नेकपाका जिल्ला सचिव गंगा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्ना पनि पक्राउ परेका छन् । सामना जागरण अभियानअन्तर्गत साँस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ । वली नेकपा नवलपरासी जिल्ला अध्यक्षसमेत हुन् ।