×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ यू–१९ महिला फुटबल : नेपाल फाइनल नजिक

साफ यू–१९ महिला फुटबल : नेपाल फाइनल नजिक

काठमाडौँ - नेपाल र बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । ढाकामा शुक्रबार राति भएको खेलमा भुटानलाई ४–० गोलले हराउँदै नेपाल फाइनल नजिक पुगेको हो ।
नेपालको जितमा मेनुका आलेमगरले दुई गोल गर्नुभयो । कुशुम खतिवडा र रजनी थोकरले एक एक गोल गर्नुभएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको नेपालले चार खेलबाट सात अंक बनाएको छ ।
शीर्षस्थानमा रहेको आयोजक बंगलादेशको पनि समान सात अंक छ । तेस्रो स्थानमा रहेको भारतको ६ अंक छ । शुक्रबार नै भएको खेलमा भारत बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपालले लिग चरणको अन्तिम खेल आइतबार भारतसँग खेल्नेछ । भारतलाई हराउन सके नेपाल फाइनलमा प्रवेश गर्नेछ । नेपालसँगको हारसँगै भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, श्रीलंका र भारत सहभागि छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच मंगलबार फाइनल भिडन्त हुनेछ ।

 

प्रतिकृया दिनुहोस्