काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित भएका हुन् ।
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन । ५ हजार ६५ मत अन्तरले पाैडेल विजयी भएका हुन् ।
नेता पोखरेल (एमाले) का वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि यही क्षेत्रबाट विजयी हासिल गरेका थिए । उहाँ पूर्व उपप्रधानमन्त्री र रक्षामन्त्री पनि भएका हुन ।
पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आएका हुन् ।उनी अमृत क्याम्पसबाट नेपाल विद्यार्थी नेताका रूपमा उदाएका हुन् । उनि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको उपाध्यक्षसहित केन्द्रीय अध्यक्षसमेत भएका हुन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उहाँलाई केन्द्रीय सदस्यमा नियु्क्त गरेका थिए भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । २०६२-६३ सालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका युवाहरूमध्ये एक प्रभावशाली विद्यार्थी नेता थिए ।