×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बझाङमा हिमपहिरोमा परी ५ जना बेपत्ता

बझाङमा हिमपहिरोमा परी ५ जना बेपत्ता

काठमाडौं- बझाङको हिमपहिरोमा परी ५ जना बेपत्ता भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर २ को धनशेरामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार हिमपहिरोमा परेर १ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । अन्य २ जना बेपत्ता भएको र २ जना पुरिएको उनले जानकारी दिए । उनका अनुसार प्रारम्भिक जानकारीको पुष्टि गर्ने काम भइरहेको छ ।

‘अत्यन्त दुर्गम र विकट ठाउँ हो । त्यहाँ फोन सम्पर्क पनि हुनसक्दैन’, उनले लोकान्तर भने, ‘हामीलाई कसैले त्यस विषयमा आधिकारिक जानकारी गराएको छैन । कसै–कसैमार्फत उक्त जानकारी आएको हो ।’

यद्यपि खोज तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भइसकेको उनले बताए । ‘घटना आज दिनको १ बजे तिरको भनिएको छ’, उनले थपे, ‘खोज तथा उद्धारका लागि आज हिडेको सुरक्षाकर्मीको टोली भोलि बेलुकासम्म पुगेपछि मात्र औपचारिक जानकारी प्राप्त हुनसक्छ ।’

प्रतिकृया दिनुहोस्