काठमाडौँ- नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय भएको बताएका छन् । बालकोट बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचनपछि पहिलो दल बनेको नेपाली कांग्रेसले सरकार गठनका लागि पहलकदमी लिएर बहुमतको सरकार गठन गर्न विषयलाई टुंगामा पुर्याउन नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले पहल कदमी लिएको बताएको छ,’ उनले भने, ‘एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नाउपासहित ७ पार्टीका कुल १६६ सांसदको बहुमतसहित पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न लागेका छौँ । अब दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालयमा जाने उनले बताएका छन् ।
अन्य पदहरुका विषयमा सरकार गठनपछि छलफल गरेर टुंग्याउने उनले बताए । संविधानको उपधारा २ अन्तर्गत राष्ट्रपतिले सरकार गठनका लागि दिएको ७ दिनको समय सकिने दिन हो ।