×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुलबाट ट्रक खस्दा एकको मृत्यु

पुलबाट ट्रक खस्दा एकको मृत्यु

भरतपुर- नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।

प्रतिकृया दिनुहोस्