×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक भइरहेकाे हाे ।

बैठकमा कार्यदलहका सदस्यहरु नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुन, गिरीराजमणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुगा पौडेललगायतका नेताहरु सहभागी छन् ।

निर्वाचन आयोगको असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने कार्यतालिका छ । गठबन्धनका नेताहरुले हालसम्म ८० प्रतिशत सिटमा सहमति जुटेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्