×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश भुवन दोषी ठहर

जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश भुवन दोषी ठहर

काठमाडौं - सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा जबरजस्ती करणीको आरोप लगेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको हो ।

गिरी दोषी ठहर भएको र जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई दाेषी ठहर गरिएको हो । कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप थियाे ।

प्रतिकृया दिनुहोस्